राजनीति


राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी

राप्रपा बैठक : दोस्रो दिनको छलफल जारी

नेपालखबर
मंसिर २५, २०८२ बिहिबार ९:५६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक जारी छ। 

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबारदेखि जारी छ। 

आज दोस्रो दिनको बैठक करिब आधा घण्टाअघि सुरु भएको जानकारी उनले दिए। 

पहिलो दिनको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षासम्बन्धी प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले सक्रिय सदस्यता वितरण निर्देशिकासम्बन्धी प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङले महाधिवेशन कार्यतालिका, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक र लेखा परीक्षणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए। 

आजको बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले त्यसमा धारणा राखिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad