राजनीति


कांग्रेस महाधिवेशन : चन्द्र भण्डारी पनि सभापति पदका आकांक्षी

कांग्रेस महाधिवेशन : चन्द्र भण्डारी पनि सभापति पदका आकांक्षी

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १०:५९, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सभापति पदमा आफ्नो पनि आकांक्षा रहेको बताएका छन्। 

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले पुसमा हुने पन्ध्रौँ महाधिवेशनमा आफू पनि सभापति पदमा उठ्न इच्छुक रहेको जानकारी गराएका हुन्।

तर आवश्यकताअनुसार जुनसुकै ठाउँमा उभिन आफू तयार रहेको पनि उनले उल्लेख गरेका छन्। 

'साथीहरूको जिज्ञासा मेरो धारणा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित', उनले लेखेका छन्, 'तर देश जनता, प्रजातन्त्रको  हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म, जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ।'

१४औँ महाधिवेशनमा भण्डारी डा. शेखर कोइरालाको समूहबाट उपसभापतिको उम्मेदवार बनेका थिए। तर उनी १ हजार ५८० मत ल्याउँदै चौथो स्थानमा सीमित भएका थिए।

कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि महामन्त्री गगनकुमार थापाले पनि सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

कांग्रेसले आउने पुस २६-२८ पन्ध्रौँ महाधिवेशन गर्ने निर्णय गरेको छ।

केन्द्रीय समितिले पारित गरेको महाधिवेशन कार्यतालिकामा पुस १२ गतेसम्म सबै तहबाट विवरण केन्द्रमा आइपुग्ने मिति राखिएको छ।

कांग्रेसलाई छोटो समयभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने दबाब छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad