नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि निर्वाचनको विकल्प नभएको बताएका छन्।
म्याग्दी सदरमुकाम बेनीमा सोमबार नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै पोखरेलले आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विकल्प नभएको बताएका हुन्। संवैधानिक संकट टार्न, जेनजी आन्दोलनको माग, सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, स्थायित्व, राष्ट्रियता र स्वाधिनताको रक्षा तथा विगतका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धीको रक्षाका लागि चुनावलाई सफल बनाउन पर्ने उनको भनाइ थियो।
पोखरेलले भने, ‘विगतका उपलब्धीको रक्षा गरेर देशलाई सही बाटोमा डो¥याउन कमीकमजोरीको आत्मसमिक्षा, गरेका काम र योजनासहित चुनावबाट अनुमोदित हुने अवसरको सदुपयोग गर्न नेता कार्यकर्ताले चुनावको वातावरण बनाउनुपर्छ।’
आफ्नो पार्टी जनतामा जान तयार रहेको उनको भनाइ थियो। पोखरेलले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको मुद्दा लिएर जनतामा जान तयार छौँ।’
Shares

प्रतिक्रिया