केपी शर्मा ओलीको ट्याटु ढाडमा खोपेर चर्चामा आएका सर्लाहीका युवा उज्ज्वलकुमार कार्की नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि चयन भएका छन्।
अनेरास्ववियुको जिल्ला अध्यक्ष रहेका कार्कीलाई ओलीको 'अन्धभक्त' भएको अरोप लाग्ने गरेको छ। उनले पार्टी अध्यक्षप्रति निष्ठा देखाउन ट्याटु खोपेको बताउने गरेका छन्।
सर्लाही क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि छनोटका लागि पेचिलो प्रतिस्पर्धा थियो। पार्टीभित्रको आन्तरिक संघर्षमा कार्की प्रारम्भमा खासै बलियो स्थितिमा थिएनन् तर क्षेत्र नम्बर २ बाट प्रतिनिधि बनेकी अधिवक्ता राधिका खतिवडाले उनको पक्षमा जोडदार लबिङ गरेकी थिइन्। विभिन्न पक्षबीच लामो छलफलपछि अन्ततः उनको नाममा सहमति जुटेको हो।
पूर्व अखिल नेतृ तथा अधिवक्ता राधिका खतिवडा यसअघि पनि उनलाई मेयरको टिकट पाउनुपर्ने भनेर आवाज उठाएकी थिइन्।कार्कीको फोटो फेसबुकमा राख्दै मेयरको टिकट नदिएकोमा गुनासो गरेकी गरेकी थिइन्। 'यो फोटो हाल्ने केटो मेरो सर्लाहीको प्यारो भाइ हो। यस्तो जुझारु र कर्मशील मान्छेलाई मेयरको टिकट दिएको भए युवाहरूको सम्मान हुने थियो', उनले त्यतिबेला भनेकी थिइन्।
कार्की लामो समयदेखि सर्लाहीमा अनेरास्ववियुको नेतृत्व गर्दै आएका छन्। ट्याटुलाई आलोचकहरूले यसलाई व्यक्ति पूजाको संज्ञा दिने गरेका छन्। समर्थकहरूले भने यसलाई नेतृत्वप्रतिको असाधारण प्रतिबद्धताको रूपमा लिने गर्छन्।
सर्लाही १ मा पार्टीका विभिन्न गुटहरूबीच प्रतिस्पर्धा तीव्र थियो। कार्कीको युवा नेतृत्व र अनेरास्ववियुको पृष्ठभूमिले उनलाई एक पक्षको समर्थन थियो। पूर्व विद्यार्थी नेता अधिवक्ता खतिवडाले युवा नेतृत्व र पार्टीप्रतिको समर्पणलाई जोड दिँदै कार्कीको पक्षमा सहमति जुटाएकी थिइन्।
अलोचकहरूले कार्कीको प्रतिनिधि चयनलाई केवल ओलीप्रतिको निष्ठाको आधार मानेका छन्। उनको संगठनात्मक काम र क्षमतामाथि प्रश्न उठाएका छन्।
यो पनि: यी हुन् एमालेको सर्लाही जिल्ला ‘हाइ कमाण्ड’ले छानेका २२ जना महाधिवेशन प्रतिनिधि
कोसीका चार सांसद पराजित, मानव तस्कर आरोपी पूर्वमन्त्रीले जिते
Shares

प्रतिक्रिया