नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन तोकिएको समयमा नभए स्वत: विशेष महाधिवेशन हुने बताएका छन्।
आजको केन्द्रीय समिति बैठकले पुस २६-२८मा गर्ने गरी नियमित महाधिवेशनको तालिका ल्याएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै शर्मा यस्तो बताएका हुन्।
शर्माले पुसभित्र नियमित महाधिवेशन गर्न अलमल गर्ने हो भने विशेष महाधिवेशन हुने र ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सुरक्षित रहेको बताए।
‘महाधिवेशनका लागि मिति त तोकियो तर निर्वाचनमा जाने भएकोले तोक्नका लागि यो मिति तोकेको, महाधिवेशन हुँदैन है भनेर कसैले मनमा राखेको छ भने मैले भन्नैपर्छ। विशेष महाधिवेशनका लागि साथीहरूले गर्नुभएको हस्ताक्षर यही केन्द्रीय कार्यालयमा सुरक्षित राखेका छौं,’ उनले भने, ‘कसैले सभापतिले भन्नुभयो, महाधिवेशन मिति तोकियो तर हुँदैन भन्ने हो भने स्पष्ट हुनुपर्छ, विशेष महाधिवेशन हुन्छ।’
Shares

प्रतिक्रिया