राजनीति


कोसीका चार सांसद पराजित, मानव तस्कर आरोपी पूर्वमन्त्रीले जिते

कोसीका चार सांसद पराजित, मानव तस्कर आरोपी पूर्वमन्त्रीले जिते

महाधिवेशन प्रतिनिधि हुन नसकेका कोशी प्रदेशका चार सांसद


नेपालखबर
मंसिर १५, २०८२ सोमबार १२:५०, काठमाडौँ

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटको निर्वाचनमा कोसी प्रदेशका चार जना प्रदेशसभा सांसद पराजित भएका छन्।

पराजय व्यहोर्नेमा सुनसरीका दुई, झापाका एक र उदयपुरका एक प्रदेशसभा सदस्य रहेका छन्।

सुनसरी क्षेत्र नं. १ मा सहमतिको प्रयास असफल भएपछि सम्पन्न मतदानमा प्रदेशसभा सदस्य रमेशकुमार राई र विजयकुमार राई दुवै पराजित भएका छन्। प्रदेश सभामा विजय हुँदा राई र बस्नेतले क्रमशः १ हजार ९ सय २० र १ हजार ९ सय १० मत पाएका थिए।

झापा क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधित्वका लागि उम्मेदवार बनेका राधाकृष्ण खनाल पनि विजय हुन सकेनन्। उनले प्रदेशसभामा ४ हजार ९ सय १० भोट पाएका थिए।

त्यस्तै, उदयपुरबाट समानुपातिक प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य बनेकी गीतादेवी रेग्मी पनि प्रतिनिधि चयन हुन सकिनन्। उदयपुरको पहिलो क्षेत्रमा महिलातर्फको प्रतिनिधि पदका लागि उम्मेदवार बनेकी रेग्मी ६ जना उम्मेदवारबीचको प्रतिस्पर्धामा पाँचौं स्थानमा सीमित भइन्।

मनव तस्कर अरोपी पूर्वमन्त्रीलाई कार्यकर्ताले रूचाए

नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर २ बाट कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लीला बल्लभ अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मानव तस्करीसम्बन्धी गम्भीर आरोपमा विवादित रहेका अधिकारीलाई पार्टीका कार्यकर्ताहरूले भने रूचाएका हुन्।

किर्ते कागजात तयार पारी नेपाली नागरिकलाई जापान पुर्‍याउने अवैध प्रक्रियामा संलग्न भएको आरोपमा अधिकारी पक्राय परेका थिए। तर, सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि विवाद थप बढेको थियो। यसपछि उनलाई पुनः पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।

मोरङ दोस्रो क्षेत्रमा भएको मतदानमा ऋषिकेश पोखरेलले सर्वाधिक मत हासिल गर्दै पहिलो स्थान ओगटेका छन् भने अधिकारी दोस्रो स्थानमा रहेका छन्। कानुनी विवादका बीच पनि पार्टी कार्यकर्ताहरूले अधिकारीलाई भरपर्दो समर्थन गरेको यस निर्वाचन परिणामले देखाएको छ।

आलोचकहरूले भने मानव तस्करीजस्तो गम्भीर अभियोगमा मुछिएका व्यक्तिलाई पार्टीको महाधिवेशन प्रतिनिधि बन्न दिनु अनुचित भएको टिप्पणी गरिरहेका छन्।

यो पनि : पूर्वमन्त्री अधिकारीसहित ७ जनामाथि मानव बेचबिखन र लिखित किर्तेमा अनुसन्धान

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad