नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्कालीन आदेश जारी गरेको छ।
आज (बुधबार) न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा सो आदेश जारी गरेको हो।
मंगलबार सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदरको काम गर्दै गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए।
यस्तै अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ।
कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहविरुद्ध कुटपिट गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको थियो।
शाहविरुद्ध कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश) माथि कुटपिट गरेको आरोप छ।
Shares

प्रतिक्रिया