राजनीति


जेनजी आन्दोलनको मूल कारण राजनीतिक दलहरू नै हुन्: नारायणकाजी

जेनजी आन्दोलनको मूल कारण राजनीतिक दलहरू नै हुन्: नारायणकाजी

फाइल फोटो


नेपालखबर
मंसिर १५, २०८२ सोमबार १६:३७, विराटनगर

नेकपा नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले देशभर फैलिएको जेनजी आन्दोलनको मूल कारण स्वयं राजनीतिक नेतृत्वका कमजोरी र राजनीतिक दलहरूको विफलता भएको बताएका छन्। 
उनले लामो समयदेखिको कुशासन, भ्रष्टाचार र जनताको आवाजप्रति बेवास्ताले नयाँ पुस्तालाई सडकमा उत्रिन बाध्य बनाएको टिप्पणी गरे।

विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै श्रेष्ठले अब दलहरूले आफूलाई सुधार्नु, रूपान्तरण गर्नु र जनताप्रति जबाफदेही बन्ने समय आएको बताए। उनले सो क्रममा, राजनीतिक कमजोरीका कारण नै जेनजी आन्दोलन जन्मिएको बताउँदै अब कुशासन अन्त्य गरेर सुशासन कायम गर्न सबै गम्भीर हुनुपर्नेमा जोड दिए।

आगामी निर्वाचनलाई सम्बोधन गर्दै उनले सबै दल र कार्यकर्ताहरूले चुनाव शान्तिपूर्ण र मर्यादित ढङ्गले सम्पन्न गर्ने दिशामा ध्यान दिनुपर्ने बताएका छन्। उनका अनुसार, देशमा स्थिरता र सुधार चाहिने हो भने पहिले राजनीतिक दलका नेतृत्व स्वयंले आफूलाई रूपान्तरण गरेर अघि बढ्नुपर्ने हुन्छ।

श्रेष्ठले विकासका लागि स्पष्ट भिजन, पार्टीभित्र विधि–पद्धतिसहितको अनुशासन, आन्तरिक भ्रष्टाचारको अन्त्य र जनतासँग बलियो सम्बन्ध निर्माण बिना पार्टीहरूले जनविश्वास पुनः हासिल गर्न नसक्ने उल्लेख गरे।

उनले हाल राजनीतिक दलभित्र  बाहिर एक कुरा, भित्र अर्कै व्यवहार गर्ने प्रवृत्तिले अस्थिरता र अविश्वासको वातावरण सिर्जना गरेको बताए। अब विधि–विधान र सुशासनका पक्षमा सबै एकजुट हुनुपर्नेमा उनको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad