राजनीति


एमालेको किसान मोर्चाबाट छानिए ७ जना महाधिवेशन प्रतिनिधि (नामावली)

एमालेको किसान मोर्चाबाट छानिए ७ जना महाधिवेशन प्रतिनिधि (नामावली)

फाइल तस्बिर


नेपालखबर
मंसिर १४, २०८२ आइतबार १४:२, काठमाडौँ

अखिल नेपाल किसान महासंघले एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि सात जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरेको छ। 

संगठनका विभिन्न जिम्मेवारी र भूगोलबाट सात जना प्रतिनिधि छनोट भएका हुन्। 

महासंघ उपाध्यक्षद्वय झापा निवासी बेनु शिवाकोटी र पीएन अधिकारी, अर्का उपाध्यक्ष सर्लाही निवासी  राजकुमार उप्रेती प्रतिनिधि छानिएका छन्। 

त्यस्तै काठमाडौँ निवासी संगठनका उपमहासचिव रामशरण ढुङ्गाना, बाँके निवासी सचिव आरती पौडेल, डडेलधुरा निवासी सचिव तारा खाती कार्की र काठमाडौंकी स्थायी समिति सदस्य बिन्दु महर्जन पनि सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad