फिल्म ‘रमिताको पिरति’ को टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेत्री अन्ना शर्मासहित धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठलाई देख्न सकिन्छ।
लोकप्रिय गायक समिर श्रेष्ठले यसै फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गर्दै छन्। टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःख लगायत विभिन्न भावनात्मक अवस्थामा देखाइएको छ। फिल्मले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ।
टिजर हेर्दा फिल्म केही फरक लाग्छ। एक युवतीको मनोविज्ञानलाई फिल्मले बोलेको संकेत गरेको छ। सेरो फिल्मस्को प्रस्तुतिमा यो फिल्म तयार भएको हो।

प्रतिक्रिया