राजनीति


एमाले महाधिवेशन कञ्चनपुर: दीपकप्रकाश भट्ट विजयी, एक स्थान सर्वसम्मत

एमाले महाधिवेशन कञ्चनपुर:  दीपकप्रकाश भट्ट विजयी, एक स्थान सर्वसम्मत

एमाले नेता दीपकप्रकाश भट्ट


गोकुल जोशी
मंसिर १४, २०८२ आइतबार १२:३५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। निर्वाचन क्षेत्र नं.२ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नं १ र ३ मा भने शनिबार निर्वाचन भएको थियो।

क्षेत्र नं. १ बाट खुला सदस्यतर्फ ४९८ मतसहित पल्लबराज भट्ट र ६३९ मतसहित वीरबहादुर थापा निर्वाचित भएका छन्। यसैगरी महिलातर्फ कमला चौधरी ५१७ मत र कल्पना गिरी ५१४ मतसहित निर्वाचित भएकी छिन्। युवातर्फबाट काशीराम बोहरा ५२१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट भए। यो क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा (पातल), जिल्ला पार्टी सचिव पल्लबराज भट्ट, पूर्व जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ, लालबहादुर चौधरी लगायत नेताहरू चुनावी मैदानमा उत्रिएका थिए।

महिलातर्फ पूर्णकुमारी गुरुङ, शान्ति तामाङ, कल्पना गिरी, कमला चौधरी र युवातर्फ सुरेन्द्र शाही, कमलकुमार रोकाया र काशीराम बोहरा प्रतिस्पर्धामा थिए।

निर्वाचन क्षेत्र–२ मा भने पाँच जना सर्वसम्मत भएका छन्। खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भएका हुन्। महिलातर्फ जिल्ला अध्यक्ष लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भए। युवातर्फबाट पनि प्रवीण बोगटी चयन भए। यस क्षेत्रमा बचन सिंह, गणेशसिंह ऐरी, लोकराज पन्त, लोकेन्द्र ऐरी, कर्णबहादुर हमाल, सुशीला सिंह, लक्ष्मी विक, कुवेर खडका, रमेश भट्ट, नरेश सिंह, सानु मल्ल लगायतले उम्मेदवारी दिएका थिए।

क्षेत्र नं ३ बाट खुला सदस्यतर्फ डा.दीपकप्रकाश भट्ट ५६७ र पार्टी उपाध्यक्ष जनकराज अवस्थी ३३७ मतसहित निर्वाचित भएका छन्। महिला कोटाबाट चिनी गिरी र दलित महिलातर्फ लक्ष्मी विक निर्विरोध छनोट भएका छन्। दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भएका छन्।

यस क्षेत्रमा महेशप्रसाद पन्त, किशोरकुमार लिम्बू, विष्णु कँडेल, केशव चन्द, श्याम भट्ट, नरेन्द्र कार्की, ओमकार पन्त लगायतले उम्मेदवारी दिएका थिए। दलित पुरुषतर्फ भारमल सुनार र आरपी सार्कीबीच प्रतिस्पर्धा भएको थियो।

नेकपा एमाले क्षेत्र १ कञ्चनपुरका युवा नेता शंकर भट्टले सहमतीय आधारमा महाधिवेशन टुंग्याउने प्रयास गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad