नेकपा एमालेको ११औँ महाधिवेशनका लागि स्याङ्जाबाट प्रतिनिधिहरू निर्विरोध चयन भएका छन्।
स्याङ्जा संघीय निर्वाचन क्षेत्र नं. १ मा खुलातर्फ नारायणप्रसाद मरासिनी, सुधीरकुमार पौडेल, महेश पुरी र चुनप्रसाद शर्मा प्रतिनिधि बनेका छन्।महिलाबाट चिनमाया गुरुङ र तारा शर्मा तथा युवा प्रतिनिधिमा अमृत नेपाली चयन भएका छन्।
यस्तै क्षेत्र नं. २ मा खुलाबाट सूर्यप्रसाद गैरे (पारस), रामचन्द्र भट्टराई र खिमबहादुर थापा चयन भएका छन्। महिलाबाट खगीसरा थापा, भीमा बराल थापा र ४० वर्षमुनिका युवाबाट विश्वनाथ अर्याल प्रतिनिधि बनेका छन्। दलित समुदायबाट मेघबहादुर सार्की र तिलकराम नेपाली चयन भएको नेकपा एमाले स्याङ्जाले जनाएको छ।
कुल १५ प्रतिनिधिका लागि ८४ जनाले आवेदन दिएका थिए। दुई दिनको छलफलपछि सर्वसम्मत सहमति जुटाएर प्रतिनिधिहरू चयन गरिएको नेकपा एमाले नेता तथा गण्डकी सभासद सुधीरकुमार पौडेलले जानकारी दिए।
यता बागलुङ नम्बर १ बाट खुलामा हीराबहादुर खत्री, गणेश थापा र लालबहादुर थापा चयन भए। महिलातर्फ ममतादेवी शर्मा र सरस्वती खड्का परियार चयन हुँदा युवाबाट सिर्जना पन्त सर्वसम्मत भइन् क्षेत्र नम्बर २ बाट खुलामा भीम प्रसाद शेरचन ‘सुनील’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दानबहादुर श्रीस सर्वसम्मत चयन भएका छन्।
दलित क्लस्टरमा धनबहादुर परियार सर्वसम्मत बनेका छन्। ११ जना प्रतिनिधि चाहिनेमा ३९ जनाले मनोनयन दर्ता गराएका थिए। मनाङबाट खुलातर्फ कप्ली गुरुङ र चिनबहादुर घले तथा युवातर्फ मदन गुरुङ, दलिततर्फ शान्तामाया परियार, महिलातर्फ रत्नकुमिर गुरुङ प्रतिनिधि बनेका छन्।
गोर्खामा भएको चुनावबाट क्षेत्र नम्बर १ को खुलातर्फ मोहन भट्टराई र विशाल थापा, युवामा प्रविण अधिकारी र महिलनामा मीना बराम चुनिएकी छन्।
क्षेत्र नम्बर २ को खुलामा प्रेम गुरुङ, र बाबुराम थापा, युवामा सुमन श्रेष्ठ र महिलामा शान्ति चापागाईं निर्वाचित हुँदा उत्पीडितबाट कृष्ण नेपाली चयन भएका एमाले नेता रश्मी आचार्यले जानकारी दिए।
तनहुँ क्षेत्र नम्बर २ मा खुलातर्फ श्रीप्रसाद श्रेष्ठ र राजेश्वर ढकाल, महिलामा बिर्सना श्रेष्ठ र विष्णुमाया पराजुली, युवामा उज्ज्वल खनाल चुनिएका छन्।
क्षेत्र नम्बर १ मा चाहिँ चुनाव नै भएकाले मतगणना हुँदै छ। पर्वतमा र मुस्ताङमा सहमतिको प्रयास जारी रहेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जानकारी दिएका छन्।
लमजुङमा भने चुनावको मतगणना जारी छ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ।
Shares

प्रतिक्रिया