राजनीति


गगनको प्रस्ताव- तत्काल विशेष महाधिवेशन गरौँ, देउवाको जवाफ- पार्टी फुटेको म हेर्न सक्दिनँ

गगनको प्रस्ताव- तत्काल विशेष महाधिवेशन गरौँ, देउवाको जवाफ- पार्टी फुटेको म हेर्न सक्दिनँ

नेपालखबर
मंसिर ११, २०८२ बिहिबार २२:२६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबा साँझ आफ्नो निवासमा पार्टी पदाधिकारीसँग छलफल गरेका छन्। छलफल पार्टीको महाधिवेशन केन्द्रित थियो। 

छलफलमा महामन्त्री गगनकुमार थापाले देउवालाई नै विशेष महाधिवेशन गरेर पार्टी र देशलाई फाइदा पुग्ने काम गर्न भनेका थिए। 

‘संस्थापनपक्षले नै नियमित भ्याइँदैन भनेको छ। नियमित गर्नुपर्छ भनेर कुरा गरेकै डेढ महिना पूरा भयो,’ छलफलमा सहभागी एक पदाधिकारीले महामन्त्री थापालाई उदृत गर्दै भने, ‘सभापतिको हितका लागि पनि सभापति आफैँले विशेष महाधिवेशन गराइदिनुभयो भने सभापतिज्यू, देश र सिंगो पार्टीलाई पनि यसले फाइदाजनक हुन्छ, हित हुन्छ। विशेष महाधिवेशन नै गरौँ।’ 

त्यसपछि देउवाले गगनको प्रस्तावसहितको आग्रहको जवाफ दिएका थिए। ‘देउवा म सरसल्लाह गर्छु।  

ती पदाधिकारीले देउवालाई उदृत गर्दै भने, ‘सल्लाह गरौँला। मिलेर अघि बढौँ। विशेष त हुँदैन। पार्टी फुट्छ। पार्टी फुटेको कसरी हेर्नू। मैले हेर्न सक्दिनँ। सहमति गरौँ न।’  

आजको छलफलमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक सभागी थिए।  

छलफलमा लेखकले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने भन्दै एउटा शर्त प्रस्ताव गरे। 

‘नियमितको क्यालेन्डर ल्याऔँ। नियमितको क्यालेन्डर आइसकेपछि विशेषको निवेदन फिर्ता गर्न चाहिँ नपर्ने तर, विशेष हुँदैन भन्ने ग्यारेन्टी चाहिँ हुनुपर्छ’ लेखकले बैठकमा भने। 

लेखकको प्रस्तावलाई शंका गर्दै दुवै महामन्त्रीले अस्वीकार गरे। महामन्त्री शर्माले नियमितको हुन्छ पनि भन्ने र विशेष नगर्ने ग्यारेन्टी गर्ने भन्ने प्रस्ताव सही नभएको बताए। ‘नियमितको क्यालेन्डर ल्याएर गर्ने महाधिवेशनको टुंगो हुनुप¥यो,’ महामन्त्री शर्माले बैठकमा भने, ‘अब विशेषबाहेक अरु केही हुँदैन।’ 
 
नेपाली कांग्रेसको असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन गर्ने कि विशेष गर्ने भन्ने टुंगो अझै लगाइसकेको छैन। महामन्त्रीहरु विशेषको पक्षमा छन्। उनीहरूले पार्टीका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई सम्बोधन गर्न भनिरहेका छन्। तर सभापति देउवासमूहका नेताले भने फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन्।  

यसै विषयमा सहमती जुटाउन उपसभापति पूर्णबहादुर खड्काले बैठक सार्दै आइरहेका छन्। उनले जहिलेसम्म सहमति हुँदैन त्योबेलासम्म बैठक सारिरहने पनि बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad