राजनीति


महाधिवेशन प्रतिनिधि छान्न एमालेले देशभर थाल्यो निर्वाचन

महाधिवेशन प्रतिनिधि छान्न एमालेले देशभर थाल्यो निर्वाचन

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार ४:५९, काठमाडौँ

नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनका लागि विभिन्न जिल्लास्तरमा निर्वाचन प्रक्रिया सुरु भएको छ।

महाधिवेशनका लागि देशभर एकैदिन यही मङ्सिर १३ गते प्रतिनिधि चयन गरिसक्नुपर्ने भएकाले सोका लागि मतदाता नामावली प्रकाशन र उम्मेदवारी दिने प्रक्रिया सुरु भएको हो।

कतिपय जिल्लामा सर्वसम्मति र निर्विरोध रूपमा प्रतिनिधि चयन भएको छ।

पार्टीका स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्य रुपमा प्रकाशन गर्नुपर्ने निर्देशनबमोजिम काम भइरहेको बताए।

कायम भएको अन्तिम मतदाता सूची (नवीकृत पार्टी सदस्यता सूची) को सङ्ख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन दिएको थियो।

यस्तै, यही मङ्सिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मङ्सिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न एमालेले निर्देशन दिएको छ।

छनोट भएका प्रतिनिधिको नाम यही मङ्सिर १५ गतेभित्र विभागमा बुझाइसक्नुपर्नेछ।

यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने एमालेको महाधिवेशनमा आयोजक, निर्वाचन क्षेत्रीय कमिटी (खुला), जनसङ्गठन, युवा, दलित, महिला, प्रवास क्षेत्रबाट गरी करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad