राजनीति


जनार्दनको प्रचण्डलक्षित टिप्पणी: पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशीलमा सामेल भयौँ

जनार्दनको प्रचण्डलक्षित टिप्पणी: पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशीलमा सामेल भयौँ

पार्टी घोषणासभालाई सम्बोधन गर्दै जनार्दन शर्मा।


नेपालखबर
मंसिर ७, २०८२ आइतबार १४:३०, काठमाडौँ

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले तत्कालीन पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील पार्टी निर्माणमा लागेको बताएका छन्। 

आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा उनले तत्कालीन माओवादी केन्द्रका संयोजक प्रचण्डलाई लक्ष्य गर्दै त्यस्तो टिप्पणी गरेका हुन्। 

शर्माले सामन्तवादको सियासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरू अब नयाँ प्रक्रियामा सक्रिय भएको बताए। 

उनले भने, ‘सामन्तवादको सियाशनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाईलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ।’ 

पार्टी घोषणासभालाई सम्बोधन गर्दै जनार्दन शर्मा।

शर्माको प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो। 

उनीहरूबीच गत कात्तिक २८ गते नै एकता सहमतिपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा भने उनीहरूले यसअघि नै तोकिएको मितिभित्र दर्ता गराइसकेका छन्। 

गत कात्तिक १९ गते माओवादी केन्द्रसहित १० वटा वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएपछि प्रचण्डबाट अलग हुँदै जनार्दन शर्माले प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका थिए भने रास्वपालाई समाजको विशिष्ट बनावट र चरित्रको पार्टी बनाउन नसकिएको भन्दै कात्तिक २८ गते सन्तोष परियारले पार्टी छाडेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad