समाज


माछा मार्नेको करेन्ट लागेर मृत्यु भएपछि सँगै गएका २ जना पक्राउ

माछा मार्नेको करेन्ट लागेर मृत्यु भएपछि सँगै गएका २ जना पक्राउ

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १४:३९, झापा

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 

गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार करेन्ट लागेर मृत्यु भएको थियो। 

उनको मृत्यु भएपछि  करेन्ट लगाइ माछा मार्ने कार्यमा सहयोग गर्ने सोही ठाउँका वर्ष ४८ को पुरन चौधरी र गौरादह ७ बस्ने वर्ष ३२ को श्याम चौधरीलाई पक्राउ गरिएको इलाका प्हरुी कार्यालय झापाले जनाएको छ। 

मृतक ताजपुरियाको शव हाल पोष्टमार्टमको लागी प्रादेशीक अस्पताल भद्रपुरमा राखिएको छ।  

प्रहरीका अनुसार ताजपुरिया दम्पती गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा शनिबार माछा मार्न गएका थिए। 

विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियालाई करेन्ट लागेको थियो। 

आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेपछि पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन्। 

प्रहरी र स्थानीय पुग्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad