अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले अनिवार्य नियम उल्लंघन गर्दै मास्क नलगाई त्यहाँको ठूलो अस्पताल भ्रमण गरेपछि सबै जना छक्क परेका छन्।
उपराष्ट्रपति पेन्सले अमेरिकाको मिनेसोटास्थित मायो क्लिनियक अस्पताल आफ्नो टोलीका साथ भ्रमण गरेका हुन्। टोलीका अन्य सबै सदस्यले मास्क लगाए पनि उनले नलगाएका हुन्।

कोरोना भाइरसको संक्रमण राेकथामका लागि अमेरिकी सरकारले लागू गरेको नियममा सार्वजनिक स्थानमा जाँदा र सामाजिक दूरी कायम गर्न नसक्दा अनिवार्य मास्क लगाउनुपर्ने भनिएको छ। त्यस अस्पतालकै नियममा पनि त्यहाँ जाने सबैले अनिवार्य मास्क लगाउनुपर्ने उल्लेख छ।
अमेरिकी उपराष्ट्रपति पेन्सले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नेतृत्व सम्हालिरहेका छन्। तर उनलै यसरी मास्कसमेत नलगाई अस्पताल प्रवेश गरेपछि सरोकारवाला सबै आश्चर्यमा परेका हुन्।
मंगलबार पत्रकारले मास्क किन लगाएको भनेर सोध्दा उपराष्ट्रपति पेन्सले आफ्ना वरिपरिका सबै व्यक्तिले नियमित रूपमा कोरोना भाइरस परीक्षण गरेको र उनीहरू संक्रमित नरहेको दाबी गरेका छन्।

प्रतिक्रिया