नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बाराको सिमरामा नेकपा एमालेका नेताहरू शंकर पोखरेल र महेश बस्नेतसहितका नेताहरूलाई आउन नदिने गरी भएको प्रदर्शनका विषयमा टिप्पणी गरेका छन्।
आज बुधबार सिमरामा आयोजना भएको युवा संघको कार्यक्रममा सहभागी हुन एमाले नेताहरू जाँदै गर्दा प्रदर्शन भएको थियो। अहिले सिमरामा प्रशासनले कर्फ्यु लगाएको छ।
यसैबारे नेता भण्डारीले यस घटनालाई कास्टिङमात्रै भएको बताएका छन्। उनले आफ्नै पार्टीभित्र पनि फागुन २१ को चुनावमा जानुपर्छ भन्नेहरूप्रति कटाक्ष गरेका छन्।
'सिमरा घटना त कास्टिङ मात्र हो। हाम्रो पार्टीभित्र पनि चुनाव-चुनाव भन्दै बुरुक–बुरुक गर्ने साथीहरू भेटिनुहुन्छ,' उनले भनेका छन्, 'मानौँ देशमा भएको कहाली लाग्दो उद्वाद खुरुक्क चुनाव गराएर सत्ता हस्तान्तरण सजिलै हुन्छ जस्तो गरी तर्क अदृश्य, मित्र थाकी सके। विकल्पको खोजिमा छन्। भोटो फटालेको उदाहरणले अहिले कामै गर्दैन। घटना सुरु भयो- जुन कुरा केन्द्रीय समितिमा राखेको थिए।'
Shares

प्रतिक्रिया