राजनीति


निर्वाचन आयोगलाई ट्रेड युनियन कांग्रेसको ज्ञापनः कार्यथलोबाटै मतदान गर्न देऊ

निर्वाचन आयोगलाई ट्रेड युनियन कांग्रेसको ज्ञापनः कार्यथलोबाटै मतदान गर्न देऊ

नेपालखबर
मंसिर १, २०८२ सोमबार २१:४६, काठमाडौँ

नेपाल ट्रेड युनियन कांग्रेसले स्वदेश र विदेशमा रहेका श्रमिकलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने मागसहित निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ।

आज निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष महासङ्घका अध्यक्ष योगेन्द्र कुँवरको टोलीले ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संविधान, ऐन, कानुन र नियमावलीको परिधिभित्र रहेर निर्वाचन प्रक्रिया सञ्चालन र कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ज्ञापनपत्रमा रहेका बुँदाप्रति आयोगको ध्यानाकर्षण भएको बताए।   
 
महासङ्घ अध्यक्ष कुँवरले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई मतदानको व्यवस्था हुनुपर्ने, संविधानको मूल मर्मअनुसार श्रमिकका विषय सम्बोधन गरिनुपर्ने माग महासङ्घले उठाउँदै आएको बताए। तिनै विषय सम्बोधनका लागि पुनः आयोगको ध्यानाकर्षण गराइएको उनले बताए।

ज्ञापनपत्रमा स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदान गर्ने व्यवस्था हुनुपर्ने, संविधानको धारा ४२(१) मा भएको व्यवस्थाअनुरुप युवा, किसान श्रमिकलाई पनि समानुपाति सिद्धान्तका आधारमा राज्यको संसद्लगायत निकायमा प्रतिनिधित्वको लागि बेग्लै ‘क्लष्टर’ बनाउनुपर्ने, आगामी निर्वाचन मितव्ययी बनाउनुपर्ने र तोकिएको मितिमा निर्वाचन हुनुपर्नेलगायत माग समेटिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad