कला


चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा

चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा

नेपालखबर
मंसिर १, २०८२ सोमबार २२:५, काठमाडौँ

नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा विजयी भएका छन्। उनले १५३ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाजित भएका हुन्।

संघको सोमबार भएको १९औं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो। अध्यक्षका अर्का उम्मेदवार सुनील कुमार थापाले भने १२६ मत पाएका थिए।

निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका सुब्बा यसअघि एक पटक वरिष्ठ उपाध्यक्ष र तीन पटक उपाध्यक्ष भइसकेका छन्। 

महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भएका छन्। उनले १५२ मत पाउदै जित हासिल गरे। प्रतिस्पर्धी किरण नेपालीले १२५ मत प्राप्त गरे। 

सचिवमा युवराज गिरी १५९ मतसहित विजयी हुँदा उपाध्यक्ष पदमा रौनकविक्रम कँडेल र ज्योतिराज राई निर्विरोध चुनिए। कोषाध्यक्षमा रामप्रसाद रिजाल पनि निर्विरोध निर्वाचित भएका छन्।

नौ जनाको सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएकाले सबैजना सर्वसम्मत भएका हुन्। चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित सदस्य बने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad