राजनीति


दुर्गा प्रसाईंले दर्ता गरे नागरिक बचाउ दल, सभापति माधव खतिवडा

दुर्गा प्रसाईंले दर्ता गरे नागरिक बचाउ दल, सभापति माधव खतिवडा

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १३:१९, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि निर्वाचन आयोगमा दल दर्ता गरेका छन्। आइतबार आफू सभापति रहने गरी दल दर्ताको सबै प्रक्रिया पूरा भएको माधव खतिवडा (माधव कल्पित) ले बताए। 

आफू सभापति भए पनि पार्टीको मुख्य व्यक्ति दुर्गा प्रसाईं नै भएको कल्पितले बताएका छन्। कल्पितसहित पार्टीका सदस्यहरुले आइतबार बिहान निर्वाचन आयोगमा गएर सनाखत गरिसकेका छन्। उनीहरुको नागरिक बचाउ दल नेपालको दर्ता नम्बर ६३० छ। 

मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ। २७ बुँदे माग राखेका प्रसाईँको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडी बढाएको कल्पितले नेपालखबरलाई बताए। 

पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्। 

पार्टीका सभापति खतिवडा र महामन्त्री थाम्सुहाङ प्रसाईंकै जिल्ला झापाका हुन्। निर्वाचन आयोगमा २७ सदस्यीय समिति पठाइएको छ। आयोगले ९ गतेसम्ममा दलदर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ।

सभापति– माधवप्रसाद खतिवडा
उपसभापति–ईश्वरीप्रसाद भट्टराई
उपसभापति–देवीप्रसाद संग्रौला
महामन्त्री–प्रेमकुमार थाम्सुहाङ
सहमहामन्त्री– विष्णु बोहोरा क्षेत्री
कोषाध्यक्ष–सुष्मा रेग्मी रिजाल
प्रवक्ता–प्रेम थापामागर
सदस्यहरूः
रामकुमार कार्की
प्रविन लामा
शक्तिराज शाही
दिवाकरमान सिंह बस्नेत
लुजा राई
रेनुकादेवी खरेल
तुलसाकुमारी खत्री
राजेन्द्रबहादुर दमाई
बिजय थापा
तेजेन्द्र रायमाझी
हरदेव महत्तो
बलबहादुर तामाङ
नवराज दुलाल
दानुुमाया थापा
रेणु हमाल शाही
दीनेश पाख्रिन
राजु श्रेष्ठ
पुष्पराज भण्डारी
सुरेन्द्रकुमार कार्की
कमला माया क्षेत्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad