राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाबीच मंगलबार भेटवार्ता भएको छ। दुई अध्यक्षबीचको भेट होटल मर्क्योरमा भएको हो।
'राप्रपाले समान विचार भएका दल, व्यक्तिसँग वार्ता-छलफल र त्यसपछि सहकार्य गर्ने भन्ने नीति लिएको छ,' राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भने, 'कमल थापा नेतृत्वको राप्रपा नेपालले वार्ता समिति नै बनाएर विचार मिल्नेहरूसँग छलफल तथा सहकार्य गर्ने भनेको छ। यहीअनुसार दुई अध्यक्षबीच छलफल भयो।'
60
Shares

प्रतिक्रिया