राजनीति


मधेस सरकार: कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, अन्यथा कारबाही गर्ने चेतावनी

मधेस सरकार: कञ्चन बिच्छालाई मन्त्रीबाट तत्काल फिर्ता हुन राप्रपाको निर्देशन, अन्यथा कारबाही गर्ने चेतावनी

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन (फाइल फोटो)


नेपालखबर
कात्तिक २४, २०८२ सोमबार १०:१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन्। 

आजै बिहान मात्र गठित मधेस प्रदेश सरकारमा राप्रपाका तर्फबाट प्रदेश सांसद कञ्चन बिच्छा मन्त्री बनेकी छन्।

राप्रपा अध्यक्ष लिङ्देनले भनेका छन्, ‘मधेस प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु।’

मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवलाई आज (सोमबार) बिहान सबैरै मुख्यमन्त्री पदमा नियुक्ति गरेकी हुन्।

लगत्तै मुख्यमन्त्री यादवले राप्रपाबाट बिच्छासहित एमालेबाट लखन दास र संघीय समाजवादीबाट विमला अन्सारीलाई मन्त्री बनाएका छन्। उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad