राजनीति


मधेसमा एमाले, राप्रपा र संघीय समाजवादीबाट एक-एकजना मन्त्री नियुक्त, होटलमै शपथ

मधेसमा एमाले, राप्रपा र संघीय समाजवादीबाट एक-एकजना मन्त्री नियुक्त, होटलमै शपथ

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार ८:४०, काठमाडौँ

मधेसको मुख्यमन्त्री नियुक्त भएलगत्तै सरोजकुमार यादवले अन्य तीन मन्त्री नियुक्त गरेका छन्।  एमाले, संघीय समाजवादी र राप्रपाबाट यादवले एक–एकजना मन्त्री नियुक्त गरेका हुन्। 

नवनियुक्त मन्त्रीलाई पनि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिवासको पानस होटलमै शपथ गराएकी छन्।

मधेस प्रदेश सभामा संघीय समाजवादी र राप्रपाको एक–एक जना सांसद छन्। नवयिनुक्त मन्त्रीहरूलाई मन्त्रालय भने नतोकिएको एमाले सांसद शारदा थापाले जानकारी दिइन्। 

एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री नियुक्त भएका हुन्। 

कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्रसहितका दलको बिरोधका बाबजुध प्रमुख सुमित्रा भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा आज बिहान हतारहतार एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

प्रदेश सभामा बहुमत सिद्ध गर्न नसकेपछि मुख्यमन्त्री जितेन्द्र सोनलले गएको शनिबार पदबाट राजीनामा दिएका थिए। 

हिजो साँझ मात्रै प्रदेश प्रमुखसमक्ष नेपाली कांग्रेससहित सात दलले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन माग गर्दै ज्ञापनपत्र पत्र बुझाएका हुन्।

मुख्यमन्त्रीले राजीनामा दिएको अवस्थामा संविधानको धारा १६८ (२) अनुसार नै प्रदेश प्रमुखले नयाँ सरकार गठनको प्रकृया अगाडी बढाउनु पर्ने जिकिर उनीहरूको थियो। 

तर, कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्रसहितका दलको बिरोधका बाबजुध प्रमुख संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा आज बिहान हतारहतार एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

भण्डारीले मुख्मन्त्री यादवकाे सिफारिसमा संविधानको धारा १६८ (९) अनुसार मन्त्रिपरिषद् गठन गरेकी हुन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad