राजनीति


चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: प्रसाईं

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: प्रसाईं

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार १९:७, काठमाडौँ

नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले आगामी निर्वाचनमा भाग लिनुपर्ने बताएकी छन्। जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै प्रसाईंले जेनजी प्रदर्शन र त्यसपछिको अराजकताले संविधान र लोकतन्त्र संकटमा रहेको बताउँदै चुनावमा जानुपर्ने बताएकी हुन्। 

'जेनजी प्रदर्शनपछिको आराजकताले राष्ट्रका सबै अंग तहसनहस भए। संविधान एउटा टेकोमा अडिएको छ। यस्तो अवस्थामा चुनाव घोषणा भएको छ,' उनले भनिन्, 'यस्तो अवस्थामा नेपालका एउटा मात्र लोकतान्त्रिक पार्टीले चुनावमा जान्छौँ भनेर तत्काल निर्णय गरौँ। चुनावले मात्र संविधानको रक्षा गर्छ। हामीले चुनावमा हाछौँ कि जित्छौँ कस्तो परिस्थिति छ भनेर हिसाब गर्ने समय यो होइन। हामीले हार्ने निश्चित छ भने पनि चुनावमा गएर संविधान जोगाउनुपर्छ। संविधान र लोकतान्त्र रह्यो भने कांग्रेसले भोलि फेरि चुनाव जित्नेछ।'

उनले छिमेकी राष्ट्रका भूमिकादेखि अबको कूटनीतिक बाटोका विषयमा पनि कांग्रेसले छलफल गर्नुपर्ने बताइन्। विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशतले नियमित महाधिवेशनकै पक्षमा प्राथमिकता राखेको भन्दै यही केन्द्रीय समितिबाट कार्यतालिका ल्याएर अघि बढ्नुपर्ने उनको भनाइ छ।  

एक वर्षभन्दा अघिदेखि नेता डा. शेखर कोइरालाले नियमित समयमा महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आए पनि बहुमतले पेल्ने र पदाधिकारीहरू बहुमतकै पक्षमा उभिने प्रवृत्तिले अहिले पार्टीमा विवाद भइरहेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad