राजनीति


प्रचण्ड र माधव नेपालसँग घनश्यामले भने- तपाईंहरूले नेतृत्व छोड्नुस्, एकतामा आउँछौँ

प्रचण्ड र माधव नेपालसँग घनश्यामले भने- तपाईंहरूले नेतृत्व छोड्नुस्, एकतामा आउँछौँ

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १३:८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टी एकता र कम्युनिष्ट पुनर्गठनको प्रयास नेतृत्वको कारणले अवरुद्ध भएको आरोप लगाएका छन्।

बुधबार बिहान प्रचण्ड र माधवकुमार नेपालसँग भेटवार्ता गरेपछि आयोजित पत्रकार सम्मेलनमा भूसालले भने, ‘आज बिहान पनि प्रचण्डसँग भेट भयो, माधव नेपाललाई पनि त्यहाँ बोलाइएको थियो। हामीले भनेका थियौँ- तपाईंहरूले बाटो छोड्नुस्, त्यसपछि बाँकी साथीहरूले छलफल सुरु गर्छन् र आफ्ना कमजोरीहरूको मूल्यांकन गर्छन्।’

उनले नेतृत्व परिवर्तन बिना वास्तविक मूल्यांकन र सुधार सम्भव नभएको बताउँदै भने, ‘जबसम्म ती नेताहरू बस्छन्, तबसम्म मूल्यांकन नै हुँदैन। अपराध गरे पनि बहुमतमा हुँदा कोही मूल्यांकन हुँदैन।’

भूसालले प्रचण्ड र माधव नेपालकै कारण कम्युनिष्ट पुनर्गठनको प्रक्रिया रोकिएको दाबी गर्दै भने, ‘उहाँहरूले बाटो छोड्नुभयो भने हामी एकीकृत हुन्छौँ-जोसँग पनि। एमालेसँग एक हप्ता छलफल गरेपछि जनताको बहुदलीय जनवादबारे स्पष्ट हुन सकिन्छ, तर उहाँहरू रहुन्जेल त्यो सम्भव छैन।’

उनले थपे, ‘आज बिहान पनि हामीले भन्यौँ, तपाईंहरुले छोड्ने शुनिश्चितता होस्, हामी एकता प्रक्रियामा आउँछौँ। यिनी कुरा त्यहाँ गछौँ। तपाईंहरू रहेसम्म योस्तो पार्टी बन्नै सक्दैन भन्ने ठम्याइ हो। उहाँहरू नै बसेर पार्टी बन्छ भन्ने कसैले प्रमाणि गर्नुहुन्छ भने हामी अलिहे नै छोड्न तयार छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad