राजनीति


गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेर निर्वाचनमा जाऔं: कांग्रेस सहमहामन्त्री मंसुर

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेर निर्वाचनमा जाऔं: कांग्रेस सहमहामन्त्री मंसुर

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १३:१४, काठमाडौँ

नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले महामन्त्री गगनकुमार थापालाई सभापति र प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जान प्रस्ताव गरेका छन्। जारी केन्द्रीय समितिको बैठकको बुधबारको बैठकमा आफ्नो धारणा राख्नेक्रममा उनले थापालाई प्रधानमन्त्री र सभापतिको रुपमा प्रस्ताव गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका हुन्। 

'अहिले पनि आम जनताको चाहना र पार्टीभित्र प्रभावअनुसार पनि आउने संघीय निर्वाचनमा गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गरेर जाने निर्णय यो केन्द्रीय समितिले लिनुपर्छ। म कुरा लुकाउने मानिस होइन। गगन थापा सभापति र प्रधानमन्त्री भए राम्रो हुन्छ भनेर मानिसहरूले भनेका छन्,' उनले भने, 'उनी १४ औं महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री जितेका हुन्। अहिले उनकै पहल र प्रयासमा ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न हस्ताक्षर पनि गरेको अवस्था छ। त्यसैले आउने चुनावमा गगन थापालाई प्रधानमन्त्री उम्मेदवार र सभापति बनाएर नयाँ नेताको नेतृत्वमा प्रतिनिधि सभा चुनावमा पार्टी जान केन्द्रीय समितिले निर्णय गरेर जानुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad