राजनीति


त्रिपक्षीय बैठकमा प्रधानमन्त्री- एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ

त्रिपक्षीय बैठकमा प्रधानमन्त्री- एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १८:४३, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, दल र जनेजी प्रतिनिधिबीच संवाद सुरु भएको भन्दै यसलाई जारी राख्नुपर्ने बताएकी छिन्।

बुधबार बालुवाटारमा सुरु भएको सरकार, दल र जनेजी प्रतिनिधिबीचको त्रिपक्षीय बैठकको सुरुमै धारणा राख्दै उनले सबै मिलेर देश बनाउनुपर्ने बताइन्।

‘सबै विचारको आदानप्रदान गरौँ,’ कार्कीको भनाइ छ, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन्।’

‘एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ। हामीले सुरुवात गरेका छौँ,’ उनले थपिन्।

बैठकमा जनेजीबाट १५ र दलका तर्फबाट १६ जना प्रतिनिधि सहभागी भएका छन्। 

जेनजी आन्दोनलपछि सरकार, दल र जेनजी प्रतिनिधिबीच एकसाथ बैठक भएको यो पहिलो पटक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad