सरकार, दल र जनेजी प्रतिनिधिहरूबीचको त्रिपक्षीय बैठकमा जेनजी प्रतिनिधिले चुनाव मात्रै भनेर नहुने बताएका छन्।
बुधबार साँझ बालुवाटारमा सुरु भएको बैठकमा जेनजी प्रतिनिधिले आन्दोलनको मुख्य माग सुशासन भएको बताएका छन्।
‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ उनीहरूको भनाइ थियो, ‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो। भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’
जनेजीका तर्फबाट १५ जना प्रतिनिधि बैठकमा सहभागी भएका छन्। जेनजी आन्दोनलपछि सरकार, दल र जेनजी प्रतिनिधिबीच एकसाथ बैठक भएको यो पहिलो पटक हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचन समयमै गराउने बारेमा जेनजी प्रतिनिधिहरुले आवाज उठाएको बताए।
खरेलले भनेः
जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकार जसलाई प्रधानमन्त्री सुशीला कार्कीज्युले नेतृत्व गरिरहनुभएको छ। उहाँको आह्वानमा सरकार, राजनीतिक दल र जेन जी प्रतिनिधिबीच त्रिपक्षिय बैठक भएको हो। औपचारिक रुपमा पहिलो बैठक सरकारले आयोजना गरेको हो। यसको मुख्य उद्देश्य भनेको चुनाव, सुशासन, भ्रष्टाचार नियन्त्रण र जेनजी आन्दोलनको क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने सन्दर्भमा र यसभित्र पनि चुनावको कुरालाई बढी लक्षित गरी छलफल भएको छ। अबको बाटो कसरी अघि बढ्ने, सबै सँगै मिलेर कसरी अघि बढ्ने, कसरी समझदारी गर्ने, कसरी मिलापको वातावरण निर्माण गर्ने भन्नेमा छलफल भएको छ। अहिले जेनजीका प्रतिनिधिहरुले बोल्ने क्रम सकिएको छ, राजनीतिक दलका नेताहरुले बोल्ने क्रम जारी छ।
यी हुन् पहिलो त्रिपक्षीय बैठकमा सहभागी १५ जना जेनजी प्रतिनिधि
जेम्स कार्की
दिवाकर दंगाल
पुरुषोत्तम यादव
मिराज ढुंगाना
अमीत खनाल ऊर्जा
रिजन रानामगर
सामना घर्ती
मोनिका
उपार्जुन चाम्लिङ
खेम साउँद
भोजविक्रम थापा (सहिद परिवार प्रतिनिधि)
अभिषेक श्रेष्ठ (घाइते प्रतिनिधि)
विवेक ढकाल
सागर ढकाल
Shares

प्रतिक्रिया