नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले साझा एजेन्डा लिएर एमालेको नेतृत्वमा आन्दोलन घोषणा गर्नुपर्ने बताएका छन्।
राष्ट्रियता, लाेकतन्त्र र शान्तिका लागि देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्तिहरूले साझा एजेन्डासहित आन्दोलनको घोषणा गर्नुपर्ने आचार्यले प्रस्ताव गरेका हुन्।
उनका अनुसार यसको पहल र नेतृत्व नेकपा (एमाले) ले लिनुपर्दछ।
केन्द्रीय कमिटी बैठकमा बोल्दै आचार्यले शुक्रबार अन्तरिम सरकारले बनाएको गौरीबहादुर कार्की अध्यक्षताको आयोगलाई षड्यन्त्रको मतियारको संज्ञा दिए।
‘भदौ २३ र २४ गतेका हत्या र लुटपाटका घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्छ। कार्की आयोगले काम गर्न सक्दैन, यो षड्यन्त्रको मतियार हो’, उनले भने।
भदौ २३ र २४ का घटनाहरूको जाँचबुझ गर्न, हत्या, आगजनी, तोडफोड र लुटका योजनाकार र नेतृत्वकर्ताको संलग्नता पहिचान गर्न, प्रमाणहरू संकलन गर्न र कारबाहीको सिफारिस गर्न पार्टीको तर्फबाट एउटा छरितो जाँचबुझ आयोग बनाउन पनि उनको सुझाव छ।
उक्त आयोगले ३५ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनले बताए।
त्यसैगरी पार्टीका पदाधिकारीसहित केन्द्रीय कमिटीका सदस्यहरुको सम्पत्ति विवरण सर्वजनिक गर्न वा पार्टीको वेबसाइटमा राखिदिन पनि उनले माग गरेका छन्।
Shares

प्रतिक्रिया