राजनीति


एनजीओ, आइएनजीओलाई आफुखुशी नगद र सामग्री नबाँड्न परिषद्को निर्देशन

एनजीओ, आइएनजीओलाई आफुखुशी नगद र सामग्री नबाँड्न परिषद्को निर्देशन

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १०:२२,

समाज कल्याण परिषद्ले नेपालमा रहेका सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संघ संस्था (एनजीओ तथा आइएनजीओ) हरुलाई कोरोना संक्रमणका बेला कुनै पनि ठाउँमा नगद वितरण नगर्न र अन्य सामग्री पनि आफुखुशी नबाँड्न निर्देशन दिएको छ।

केहि एनजीओ तथा आइएनजीओहरुले मकवानपुर लगायत बिभिन्न जिल्लामा नगद तथा सामग्रीहरु आफुखुशी वितरण गर्दै हिंडेको पाएपछि परिषद्ले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै त्यसो गर्न रोक लगाएको हो।

समाज कल्याण परिषद्का प्रवक्ता शिवकुमार बस्नेतले कुनै पनि एनजीओ तथा आइएनजीओले कुनै ठाउँमा सहयोग गर्न चाहेमा सम्बन्धित स्थानीय तह वा सो ठाउँमा रहेको अन्य सम्बन्धित सरकारी निकायसँग समन्वय सहयोग वितरण गर्नुपर्ने बताए।

‘स्थानीय तहले तयार गरेको सूँची, उसको छनोट लगायत अन्य विवरणका आधारमा सहयोग वा सामग्री वितरण गर्नुपर्छ र त्यसको जानकारी हामीलाई (परिषद्) दिनुपर्छ,’ बस्नेतले नेपालखबरलाई बताए।

‘सहयोग सामग्रीको वितरणमा डुप्लिकेसन (दोहोरोपन) नहोस् भनेर यसो गरिएको हो।’

त्यस आधारमा परिषद्ले देशभर कुन कुन ठाउँमा कुन एनजिओ वा संघसंस्थाले केकति राहत वा सामग्री वितरण गरेका छन् भनी मन्त्रालयमा जानकारी गराउने उनले बताए।

त्यसैगरी नगदको दुरुपयोग भएको पाइएका कारण पनि नगद वितरण रोक्न भनिएको उनले बताए।

‘अहिले हामीले खाद्यान्न, स्वास्थ्य उपकरण वा सामग्री, स्यानिटाइजर वितरणमा जोड दिएका छौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad