समाज


अनलाइन कक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई त्रिविको परिपत्र

अनलाइन कक्षा सञ्चालन गर्न क्याम्पसहरुलाई त्रिविको परिपत्र

नेपालखबर
बैशाख १२, २०७७ शुक्रबार १०:२८,

त्रिभुवन विश्व विद्यालयले विद्यार्थीको पढाइ नरोक्न आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त सबै क्याम्पसलाई परिपत्र गरेको छ।

शुक्रबार सूचना प्रकाशित गरी त्रिवि रजिष्ट्रारको कार्यालयले ‘यस अवस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्न असम्भव भएकोले विद्यार्थीहरुको शैक्षिक वर्षमा असर नपरोस् भन्ने ध्येयले त्रिविका सबै स्वीकृत विषय र कार्यक्रमहरु (प्रयोगात्मक बाहेक) विद्युतीय माध्यम (अनलाइन) बाटसमेत अध्ययन अध्यापन गर्न सकिने व्यवस्था त्रिवि प्राज्ञिक परिषदबाट भएको हुँदा सोको कार्यान्वयनका लागि त्रिवि कार्यकारी परिषदले तत्कालको अवस्थामा कार्यन्वयनमा ल्याएको ‘विद्युतीय माध्यम (अनलाइन) बाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ बमोजिम कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डीनको कार्यालयमा पत्र पठाइसकिएको’ जनाएको छ।

त्रिविले प्रकाशित गरेको सूचनामार्फत ‘आ–आफ्नो डीन कार्यालयसँग समन्वय गरी विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्न गराउन हुन त्रिविका सबै आंगिक क्याम्पस÷स्कूल÷विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पस तथा सम्बन्धित सबै शिक्षक कर्मचारी विद्यार्थीको जानकारी’ गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad