राजनीति


रास्वपाले महाधिवेशन प्रतिनिधिबाटै उठायो झण्डै दुई करोड

रास्वपाले महाधिवेशन प्रतिनिधिबाटै उठायो झण्डै दुई करोड

लीमा अधिकारी।


नेपालखबर
असार ६, २०८३ शनिबार १७:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेनका लागि आफ्ना प्रतिनिधिबाटै झण्डै दुई करोड रुपैयाँ उठाएको छ। 

रास्वपाको महाधिवेशन प्रतिनिधिसम्बन्धी उपसमितिकी संयोजक लीमा अधिकारीले प्रतिनिधिबाट पनि शुल्क उठाएको जानकारी दिइन्। रास्वपाले प्रतितिधि शुल्क पाँच हजार तोकेको छ। 

शनिबार अपराह्नसम्म तीन हजार ९९० प्रतिनिधिले सहभागिता शुल्क पाँच हजार बुझाइसकेको संयोजक अधिकारीले जानकारी दिइन्। ‘प्रतिनिधिको यो तथ्यांक निर्वाचन आयोगलाई बुझाइसकेका छौँ। रुजु गर्ने प्रक्रियामा छ,’ अधिकारीले नेपालखबरसँग भनिन्। 

अहिलेसम्म तीन हजार ९९० प्रतिनिधिले एक करोड ९९ लाख ५० हजार रुपैयाँ उठेको छ। अझै प्रतिनिधि थपिने क्रम जारी छ। रास्वपा महाधिवेशनमा चार हजार दुई सयभन्दा बढी प्रतिनिधि हुने आकलन छ। 

रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा हुँदै छ। महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि आउनेक्रम जारी रहेको छ। 

रास्वपा केन्द्रीय नेता पनि चितवन पुगिसकेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनले नेतृत्व चयन गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad