नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पुराना दललाई चुनावमा भाग लिन नदिने र जिते परिणाम खारेज गर्ने धम्की पात्रको संरक्षण गरिरहेको आरोप लगाएका छन्।
बुधबार ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा प्रतिवेदन पेस गर्दै उनले यस्तो आरोप लगाएका हुन्। ‘सरकारको आडमा बसेर पुराना राजनीतिक दलहरूलाई बाहिर निस्कने नदिने, चुनावमा भाग लिन नदिने, मुद्दा लगाइदिने, जिते पनि परिणाम खारेज गर्ने जस्ता उत्तेजक र निषेधकारी धम्की दिने विभिन्न विवादास्पद पात्रहरूलाई संरक्षण र दुरुत्साहन गरिरहेको छ,’ प्रतिवेदनमा भनिएको छ।
नेताहरूको राहदानी रद्ध गर्ने र उनीहरुलाई काठमाडौँ छोड्न नदिने जस्ता सरकारकार निर्णय चुनावको वातावरण बनाउनेतिर उन्मुख नरहेको ओलीको निकर्ष छ।
चुनावका लागि राजनीतिक दलहरूसँग संवाद समेत नगरेको ओलीको आरोप छ।
Shares

प्रतिक्रिया