कारोबार


शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा

नेपालखबर
असोज २९, २०८२ बुधबार १५:१९, काठमाडौँ

स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन हो। लाइकासँगको सहकार्यले हामीले प्रयोगकर्तालाई उत्कृष्ट तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध गराएका छौं। एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको साथ यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउनेछ।”

शाओमी १५टीमा तीनवटा लाइका क्यामरा छन् — ५० मेगापिक्सेलको मुख्य क्यामरा (२३एमएम), ५० मेगापिक्सेलको टेलिफोटो क्यामरा २x अप्टिकल जुमसहित (४६एमएम) र १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा (१५ एमएम)। ठूलो अपर्चर भएको लाइका समिलक्स लेन्सले अँध्यारोमा पनि स्पष्ट र रंगीन तस्बिर खिच्न सक्छ।

फोनको डिजाइन पातलो र आकर्षक छ। यसमा मुलायम किनार, म्याट फिनिश, र केवल ७.५ मिमि पातलो र १९४ ग्राम तौल छ, जसले लामो समय प्रयोग गर्दा पनि सजिलो अनुभव दिन्छ।

यो फोन आईपी६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन्छ, र कोर्निङ गोरिल्ला ग्लास ७आईले स्क्र्याचबाट सुरक्षा दिन्छ।

फोनमा मेडियाटेक डाइमेन्सिटी ८४००-अल्ट्रा चिपसेट (४ न्यानोमिटर), १२ जीबी एलपीडीडीआर५एक्स र्‍याम र ५१२ जीबी यूएफएस ४.१ स्टोरेज दिइएको छ।

यो एन्ड्रोइड १५मा आधारित हाइपरओएस २मा चल्छ (हाइपरओएस ३ पनि चाँडै उपलब्ध हुनेछ)। साथै, यसमा ६.८३ इन्चको एएमोलेड डिस्प्ले, १.५के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट रहेको छ।

फ्रन्टतर्फको ३२ मेगापिक्सेल क्यामराले उच्च गुणस्तरका सेल्फी र भिडियो कलका लागि सहयोग गर्ने कम्पनीले जनाएको छ।

शाओमी १५टीमा ५५०० एमएएच ब्याट्री र ६७ डब्लु हाइपरचार्ज फास्ट चार्जिङ सुविधा छ (चार्जरसहित)।

यसमा डुअल सिम, वाइफाइ ६E, ब्लुटुथ ६.०, मल्टीफङ्शनल एनएफसी, ५जी समर्थन, र जीपीएस, ग्लोनास, ग्यालिलियो, बेइडो, क्युझेडएसएस र नाभिक जस्ता मल्टिब्यान्ड पोजिसनिङ प्रणाली पनि छन्।

नेपालमा शाओमी १५टी (१२ जीबी+५१२ जीबी) मोडेलको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो स्मार्टफोन ब्ल्याक, ग्रे र रोज गोल्ड गरी तीन रंगमा देशभरका शाओमीका अधिकृत स्टोरहरूमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad