नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले यथास्थितिमा कांग्रेस जनतामा जान नसक्ने बताएका छन्।
शनिबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेता उनले यथास्थिति, अहिलेको विधि, पद्धति र अनुहार लिएर जनताको बीचमा कांग्रेस जान नसक्ने जिकिर गरे।
‘म आफैँ पनि युवाहरुले हरेक तहमा प्रतिनिधित्व गर्नुपर्छ भनेर बोलेको मान्छे हुँ, भोलि पनि केन्द्रिय समितिमा भन्छु,’ केसीले भने, ‘ऊर्जाशील समूहलाई न्युनतम रुपमा पनि सहभागी गराउनुपर्छ। समग्र रुपमा युवा पिँढीको धारणा नै प्रतिनिधित्व गर्न सकेनौँ भने हामी वास्तवमा जनताको बीचमा स्थापित हुन सक्दैनौँ। युवाको धारणामात्रै होइन पार्टीलाई स्वतत्र र संगठित बनाउनुपर्छ। अहिलेकै यथास्थितिमा, अहिलेको विधि, पद्धति र अनुहार लिएर हामी जनताको बीचमा जान सक्दैनौँ। यसमा व्यापक परिवर्तन जरुरी छ।’
Shares

प्रतिक्रिया