नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा युवाहरुको सहभागिताका लागि छुट्टै कोटाको व्यवस्था गर्नुपर्ने बताएका छन्।
शनिबार पार्टी मुख्यालय सानेपामा पार्टीका युवाहरुले पार्टीको हरेक तहमा ४० प्रतिशत युवाहरुको सहभागिता सुनिश्चित गर्न माग गरेपछि उनले सो धारणा राखेका हुन्।
‘यो सकारात्मक छ, किनभने युवाहरुलाई समेट्नु पर्दछ पार्टीमा,’ गुुरुङले भने, ‘अहिलेसम्म युवाहरुलाई निश्चित कोटा छुट्टयाइएको छैन विधानमा। त्यो छुट्टयाउनु पर्छ भन्ने उहाँको माग हो भन्ने मलाई लाग्छ। त्यसकारण यो छुट्टयाउन आवश्यक छ। युवा पंक्तिवाई इग्नोर गर्नु हुँदैन। युवाहरुको सहभागिताको लागि केन्द्रीय समितिमा सम्म तलदेखिमाथिसम्म निश्चित कोटानै छुट्टयाउनु पर्छ।’
कांग्रेसका कार्यकर्ताहरु युवाहरुको सहभागितालाई जोड दिन माग गर्दै सानेपास्थित पार्टी मुख्यालयमा भेला भएका छन् । उनीहरुको माग सकारात्मक रहेको र त्यसलाई आगामी महाधिवेशनले सम्बोधन गर्ने उपसभापति गुरुङको भनाई थियो।
Shares

प्रतिक्रिया