प्रधानमन्त्री केपी शर्मा ओलीले साइप्रसका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका छन्।
प्रधानमन्त्री ओलीले बुधबार दिउँसो साईप्रसका साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरी त्यहाँ रहेकोमा विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझेका थिए।
प्रधानमन्त्रीको चासोमा राष्ट्रपति निकोसले उपयुक्त हेरविचार भइरहेको र कुनै अप्ठेरो पर्न नदिने आश्वासन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रतिक्रिया