समाज


४० हजार बढीको कोरोना परीक्षण, ४५ संक्रमित, ७ जना डिस्चार्ज

४० हजार बढीको कोरोना परीक्षण, ४५ संक्रमित, ७ जना डिस्चार्ज

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ११:४२,

कोरोना संक्रमणको आशंकामा अहिलेसम्म स्वाव नमुना संकलन (पीसीआर) र -यापिड डाइग्नोष्टिक विधिबाट गरी ४० हजार बढीको नमुना परीक्षण भएको छ। पीसीआर र -यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट गरी ४० हजार ४ सय ३१ वटा परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधिबाट ९ हजार ११ र आरडिटी विधिबाट ३१ हजार ४ सय ३० नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। गत २४ घण्टामा ३ हजार ७ सय ३६ परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए।

सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण भइरहेको छ। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म प्रदेश नम्बर १ मा ३ हजार ९७, प्रदेश नम्बर २ मा ३ हजार ९ सय २५ र बाग्मती प्रदेशमा ५ हजार ९ सय १५ परीक्षण भएका छन्। यसैगरी गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश नम्बर ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३ सय ८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ७ वटा परीक्षण भएका छन्। देशभरी ८हजार ५ सय ९५ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ३ र उपत्यका बाहिर ९२ जनासहित देशभरी ९५ जना आइसोलेसनमा रहेका छन्।

बुधबार थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।

यसैगरी बुधबारसम्म उपचारपछि निको भएर डिस्चार्ज हुनेहरुको संख्या ७ पुगेको छ। बुधबार २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। सेती प्रादेशिक अस्पतालबाट २९ वर्षीय पुरुष १९ दिनपछि र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट ३२ वर्षीय पुरुष २९ औं दिनमा डिस्चार्ज भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad