समाज


लकडाउनमा पनि तालिका अनुसारकै खोप सञ्चालन

लकडाउनमा पनि तालिका अनुसारकै खोप सञ्चालन

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १२:११,

काडमाडौंको पिङ्गलास्थान स्थित रामघाट प्राथमिक स्वास्थ्य केन्द्रले लकडाउनको अवस्थामा पनि खोप तालिका अनुसारको खोप कार्यक्रमलाई निरन्तरता दिएको छ। 

प्रत्येक बुधबारको दिन नियमित रुपमा लागाउँदै आएको खोप कोरोना भाइरसको संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोकिएको थियो। तर अहिले स्वास्थ्य केन्द्रले सुरक्षाका प्रबन्धहरु मिलाएर नियमित खोपलाई फेरि निरन्तरता दिएको हो। स्वास्थ्य केन्द्रकी जनस्वास्थ्य निरीक्षक रञ्जना कुमारी साहले लकडाउनको समय र कोरोनाको संक्रमणको जोखिम भएको अवस्थामा संक्रमण नहोस् भन्ने विषयलाई ध्यान दिँदै खोप कार्यक्रम सञ्चालन गरिएको बताइन्।

उनले संक्रमण हुन नदिन सामाजिक दूरी कायम गरिएको र स्वास्थ्य उपकरण सामग्रीहरुको प्रयोगमा समेत सचेतना अपनाइएको बताइन्। आज बुधबार मात्रै ३४ जना बालबालिकालाई खोप दिइएको उनले बताइन्।

राष्ट्रिय खोप तालिका अनुसार शिशु जन्मने वित्तिकै बीसीजी, ६ हप्ता र १० हप्तामा डीपीटी, हेपटाइटिस बि–हिब, पोलियो र पीसीभी, १४ हप्तामा डीपीटी, हेपटाइटिस बि–हिब, पोलियो र आईपीभीको खोप लगाउनु पर्छ। यस्तै बच्चा जन्मेको ९ महिनामा पीसीभी, दादुरा रुबेला, १२ महिनामा जापनिज इन्सेफलाइटीस र १५ महिनामा दादुरा रुबेलाको खोप लगाउनुपर्ने खोप तालिका रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad