काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आफूलाई जति रिस गरे पनि माया गर्न छाड्दिनँ भनेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जवाफ फर्काएका छन्।
साम्पाङले बालेनलाई विदेशीको कठपुतली बनेको आरोप लगाउँदै लभको कुरा गरेको भनी कटाक्ष गरेका हुन्।
मेयर साम्पाङले एक्समा लेखेका छन्, ‘देश जलाएर खरानीको व्यापार! विदेशीको कठपुतली बनेर रमाइलो गर्दै लभको कुरा! मुखमा राम राम बगलीमा बम्फक! कठै... मुतको न्यानोमा जुनी बिताउनेहरूको कमी छैन फेरि...।’
नेपाली उखान ‘मुखमा राम राम बगलीमा छुरा’लाई उनले आफ्नो भाषाशैलीमा भनेका हुन्।

924
Shares

प्रतिक्रिया