राजनीति


हर्कलाई बालेनले भने: जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ

हर्कलाई बालेनले भने: जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १४:२३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच जेनजी आन्दोलनपछि सम्बन्धमा दरार आएको टिप्पणी भइरहेको छ। 

त्यस्तैमा अहिले बालेनले आफ्नो फेसबुकमा हर्कलाई सम्बोधन गर्दै एक पोस्ट गरेका छन्। 

'डियर हर्क साम्पाङ ! तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ। एकतर्फी नै सही, तर मेरो माया साँचो हो।
यु आर माई ट्य्रु लभ,' बालेनले लेखेका छन्।  

त्यसअघि हर्कले बालेनलाई लक्षित गरी फेसबुकमा विभिन्न ४ वटा पोस्ट गरेका थिए। 

उनको पहिलो पोस्ट- चान्चुने नठान! सक्छस् भने प्रत्यक्ष कार्यकारी प्रमुखको चुनाव गरा! हारेँ भने तेरो घरमा एक वर्ष नोकर बस्छु! तँ हारिस् भने मेरो घरमा सिर्फ १ महिना हली बस्! सक्छस्? मुला लुक्छस्? हुतिहारा।

दोस्रो पोस्ट- को हो त्योभित्र बसेर खेल्ने? बरु बाहिरै आएर भिड्न रेडी बन्!

तेस्रो पोस्ट- कसले नजान्नाले र कसको अकर्मण्यताले या कसको डिजाइनमा जेनजी आन्दोलन भयो? अब अघिल्तिरको यात्रा कसरी गर्ने भन्नेबारे गम्भीर अध्ययन गर्ने बेला हो यो। बौद्धिक बहसहरू हुन जरुरी छ।

चौथो पोस्ट- लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ! लिडर भनिँदैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad