नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले दिएको बधाई र शुभकनमना सन्देशले नेपाल भूराजनीतिमा फसेको संकेत दिएको दाबी गरेका छन्।
जेनजी आन्दोलनले ओली सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदको शपथ खुवाएको भोलिपल्ट शनिबार तिब्बती धर्म गुरु दलाई लामाले बधाई दिँदै तिब्बती शरणार्थीको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकामा नेपाल र नेपालीप्रति आभार प्रकट गरेका थिए।
यसलाई ‘आश्चर्यजनक बधाई’ भन्दै एमाले नेता बाँस्कोटाले मुलुकमा जटिल राजनीतिक बीजारोपणको संज्ञा दिएका हुन्।
‘नयाँ तर उनकै स्पष्ट परिभाषाअनुसार संविधानले नचिन्ने प्रमलाई दलाई लामाको आश्चर्यजनक बधाई र शुभकनमना सन्देशले नेपाल भूराजनीतिको लाभामाथि तैरिरहेको सिधा संकेत दिएको छ। छिमेकीको व्यापार स्वार्थको कार्पेट डिप्लोमेसीले यसलाई छोप्न सकेन भने यो जटिल राजनीतिक, रणनीतिक संकटको बीजारोपण हो’, बाँस्कोटाले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्।

Shares

प्रतिक्रिया