तिब्बती धर्म गुरु दलाई लामाले नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा शुशिला कार्कीलाई बधाई दिएका छन्।
उनले बधाई पत्रमा तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताप्रति आभार पनि व्यक्त गरेका छन्।
पत्रमा उनले लेखेका छन्, ‘तपाईंलाई थाहा छ, नेपाली र तिब्बती जनताबीच ऐतिहासिक रूपमा नजिकको सम्बन्ध रहँदै आएको छ। म १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्न बाध्य भएका तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताप्रति अत्यन्त आभारी छु। वास्तवमा, यद्यपि तिब्बती समुदाय तुलनात्मक रूपमा सानो छ, म विश्वास गर्छु कि यसले नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको छ।’
उनले अहिलेको चुनौतीपूर्ण समयमा सफलता मिलोस् भन्ने पनि कामना गरेका छन्। पत्रमा भनेका छन्, ‘म तपाईंलाई यी चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र आकांक्षा पूरा गर्न सफलता मिलोस् भन्ने शुभकामना र प्रार्थना गर्दछु।’
Shares

प्रतिक्रिया