नव नियुक्तका प्रधानमन्त्री सुशीला कार्कीलाई छिमेकी मित्रराष्ट्र चीनले बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री कार्कीलाई बधाई दिएका हुन्।
‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुशीला कार्कीलाई बधाई छ’ विदेश मन्त्रालयले भनेको छ, ‘चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ।’
चीनले सधैंझैँ नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको चीनले सम्मान गर्ने पनि जनाएको छ।
‘हामी नेपालसँग मिलेर पञ्चशीलका सिद्धान्तहरूलाई प्रवर्द्धन गर्ने, विभिन्न क्षेत्रमा आदानप्रदान र सहयोगलाई सुदृढ बनाउने र द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउने तयारीमा छौँ,’ चीनले भनेको छ।
कार्कीलाई अर्को छिमेकी देश भारतसँगै, बंगलादेश, बेलायल, संयुक्त राष्टसंघ लगायतले पनि बधाइ दिएका छन्।
Shares

प्रतिक्रिया