विगत तीन दिनदेखि ललितपुरको गोदावरीमा जारी सत्तारुढ नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सक्ने तयारी छ।
एमाले नेता डा.भिष्म अधिकारीले आइतबार बिहान नेपालखबरलाई दिएको जानकारी अनुसार सम्शोधित विधानसहित समसामयिक प्रस्ताव पारित गरेर आजै साँझसम्म महाधिवेशन सम्पन्न हुनेछ। तेस्रो दिनको कार्यक्रम आइतबार बिहान नौबजेदेखि सुरु भएको छ।
महाधिवेशनमा प्रस्तुत दस्ताबेजमाथि शनिबार १० वटा समूहबीको विमर्श सकिएको छ। विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो।
शनिबार दिनभरको छलफलपछि त्यसको निष्कर्ष निकालेर प्रतिवेदन लेखन कार्यसमेत सुरु भएको छ। सहभागी प्रतिनिधिले दिएको सुझावका आधारमा १० वटै समूहले आफ्नो प्रतिवेदन लेखिरहेका छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा प्रस्तुत गरिएका सातवटा प्रतिवेदनमाथिको समूहगत छलफलपछि आज ती समूहका नेताले प्रतिवेदनमाथिको सुझाव प्रस्तुतीकरण गर्नेछन्। कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका समूह नेताले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास तथा केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय प्रतिनिधिले पनि प्रतिवेदनमाथि समूह नेताले सुझाव दिनेछन्।
समूह नेताले आआफ्नो समूहको प्रतिवेदनमाथि सुझाव दिइसकेपछि सोही सुझावका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची छ। अध्यक्ष ओलीले समूहबाट आएका सुझावमा जवाफ दिएसकेपछि कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान पारित गर्ने तयारी छ।
यो विधान महाविधेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन प्रस्तुत गरिएका छन्।
त्यसैगरि केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बाले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेका छन्।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्।
-
एमाले विधान महाधिवेशन: समूह छलफलमा विद्याको सदस्यताबारे प्रतिनिधिले के भने?
-
कर्ण थापालाई फरक मत प्रस्तुत गर्न दिएनन् ओलीले
-
एमालेको दृष्टिकोण: कांग्रेस 'टेस्टेड', माओवादीलाई 'माओवादी ट्याग' भारी भइसक्यो, रास्वपा सकिँदैछ (पूरा दस्तावेज)
-
कर्ण थापालाई रोक्दै ओलीले भने, ‘उहाँले कन्भिन्स गर्ने मलाई नै हो, उहाँ र म ३ घण्टा बसेको अस्ति राति’
-
एमाले विधान महाधिवेशन: समूह छलफलमा विद्याको सदस्यताबारे प्रतिनिधिले के भने?
Shares

प्रतिक्रिया