व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शुक्रबार उनका विरुद्ध कुनै कामकारबाही नगर्नु/नगराउनु भन्ने अन्तरिम आदेश दिएको हो।
सुमार्गीले सम्पत्ति शुद्धीकरण विभागलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। दुई हप्ताअघिमात्रै विभागले सुमार्गीको पासपोर्ट रोक्का गरेको थियो।
मुक्तिश्री सिमेन्ट इन्डष्ट्रिज प्रालि र नेपाल स्याटेलाइट टेलिकम प्रालिको आर्थिक क्रियाकलाप सम्बन्धी रिट निवेदनहरूमाथि यसअघिनै आदेश भइसकेको र सो आदेशविरुद्ध आफूमाथि अनुसन्धान भएको भन्दै त्यसविरुद्ध सुमार्गी सर्वोच्च पुगेका थिए।
निवेदनको अन्तिम किनारा नलागेसम्म ‘निवेदकका विरुद्धमा कुनै कामकारबाही नगर्नु नगराउनु’ भनेर अदालतले अन्तरिम आदेश दिएको हो।
Shares

प्रतिक्रिया