राजनीति


पूर्वप्रधानमन्त्री चन्दको ‘बदलिँदो समयचक्र’ नामक पुस्तक विमोचन

पूर्वप्रधानमन्त्री चन्दको ‘बदलिँदो समयचक्र’ नामक पुस्तक विमोचन

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १९:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण भएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपाका संस्थापक एवं पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित ‘बदलिँदो समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

२०४६ सालको राजनीतिक अन्योलपछि चन्दको नेतृत्वमा भएको राजनीतिक योगदानले मुलुकलाई महत्वपूर्ण दिशा दिएको उनको दाबी छ। उनले पूर्वपञ्चहरूलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना र सञ्चालन गर्ने कार्यमा समेत चन्दको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले प्रशंसा गरे। 

उनले भने, ‘प्रधानमन्त्रीको रुपमा लोकेन्द्रबहादुर चन्दले देश र जनताको सर्वोपरी हितका निमित्त गरेका कार्य सदैव अविस्मरणीय रहनेछन्। हरेक राजनीतिक परिवर्तनको बेलामा जनता र मुलुकलाई केन्द्रबिन्दुमा राखेर उहाँले धेरै ठूलो योगदान पुर्‍याउनुभएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि अलि अन्यौल र असमाञ्न्जस्यको स्थितिमा पूर्वपञ्चहरुलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापनामा उहाँको नेतृत्वकारी भूमिका रहेको छ । आज हामी जो जहाँ भएपनि हाम्रो मूल एउटै हो, हामी एउटै परिवारका सदस्य हौँ । त्यो परिवारको स्थापना गराउने मुख्य संस्थापक लोकेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो ।’

आफूलाई जन्म दिनेहरुलाई ओझेलमा पारेर अपमान कसैको हित हुन नसक्ने उल्लेख गर्दै यसतर्फ सबै सचेत रहन आवश्यक रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad