राजनीति


प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको आग्रह : स्वास्थ्यकर्मीलाई हातोत्साहित गर्नेलाई नियन्त्रणमा लिनुहोस्

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ताको आग्रह : स्वास्थ्यकर्मीलाई हातोत्साहित गर्नेलाई नियन्त्रणमा लिनुहोस्

नेपालखबर
बैशाख ७, २०७७ आइतबार ७:३२,

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाइँमा अग्रभागमा रहेका स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नलाई नियन्त्रणमा लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

कोरोना संक्रमितको उपचारमा खटिइरहेका स्वास्थ्यकर्मीमाथि निरन्तर प्रहार भइरहेको भन्दै प्रवक्ता शर्माले त्यसरी हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन आग्रह गरेका हुन्।

शनिबार स्वास्थ्य मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई ‘स्पष्टीकरण मागेर पत्र पठाइएको’ भन्ने समाचार सार्वजनिक भएको थियो। यसको सर्वत्र विरोध हुँदै आएको छ। मन्त्रालयले डा. पुनलाई कारबाही गरेको नभई मन्त्रालयमा बोलाएको स्पष्टीकरण दिएको छ।

प्रवक्ता शर्माले आजको तेस्रो विश्वयुद्धबका कमान्डर डाक्टरहरु भएको भन्दै कमान्ड गर्नेले लड्ने-बोल्ने दुबै गर्ने बताएका छन्।

‘आजको ‘तेस्रो विश्वयुद्ध’का कमान्डर स्वास्थ्यकर्मीहरु हुन्। कमान्ड गर्नेले लड्छ पनि, बोल्छ पनि। कृषिबारे कृषिमन्त्रीले भन्दा कृषकले बढी जान्न सक्छन्। स्वास्थ बारेपनि सत्य यही हो’, आइतबार सामाजिक सञ्जाल ट्विटरमा प्रधानमनत्री ओलीलार्इै मेन्सन गर्दै लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू स्वास्थकर्मीलाई हतोत्साहित जो गर्दैछन् तिनलाई नियन्त्रणमा लिनोस्।’

यसअघि त्रिवि शिक्षण अस्पतालका आवसीय डाक्टरमाथि प्रहरीबाटै कुटपिट भएको थियो। त्यसको सर्वत्र विरोध भएपछि प्रहरीले कुटपिटमा संलग्न प्रहरी जवान र महाराजगञ्ज वृत्तका डीएसपीलाई मेट्रो तानेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .