राजनीति


पूर्वराष्ट्रपति विद्या भण्डारी बारामा, दिनभर एमाले नेता-कार्यकर्तासँग भेटघाट गर्ने

पूर्वराष्ट्रपति विद्या भण्डारी बारामा, दिनभर एमाले नेता-कार्यकर्तासँग भेटघाट गर्ने

आइतबार बिहान बारास्थित गढीमाई मन्दिर दर्शनका क्रममा स्थानीयसँग पूर्वराष्ट्रपति विद्या भण्डारी।


नेपालखबर
भदौ १५, २०८२ आइतबार ११:२३, काठमाडौँ

नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शनिबारदेखि मधेस प्रदेश भ्रमणमा छिन्। 

एक कार्यक्रमका लागि शनिबार बिहान पर्साको वीरगन्ज पुगेकी उनले एमाले-नेता कार्यकर्तासँग भेटघाट पनि गरिरहेकी छन्। 

यस क्रममा आज उनले बारामा दिनभर एमाले नेता-कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको एमालेनिकट विद्यार्थी नेता प्रकाश पौडेलले नेपालखबरलाई जानकारी दिए। 

बारामा मदन भण्डारी फाउन्डेसनले ७५औँ जन्म जयन्तीका अवसरमा आयोजना गर्ने कार्यक्रमपछि भण्डारी सिमरामा भेटघाटमा व्यस्त हुने बताइएको छ। 

यसअघि आज बिहान पूर्वराष्ट्रपति भण्डारीले बारास्थित गढीमाई मन्दिर दर्शन गरेकी छन्।

त्यस क्रममा उनलाई महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवसहित स्थानीयले स्वागत गरेका थिए।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता खारेज गरे तापनि भण्डारी राजनीतिबाट पछि हटेकी छैनन्। 

एमालेले आफ्नो कार्यालयको ढोका नै बन्द गरे पनि उनले यही भदौ ५ गते काठमाडौँको थापागाउँमा सम्पर्क कार्यालय खोलेर आफ्ना राजनीतिक गतिविधि तीव्र पारेकी छन्। 

शनिबार काठमाडौँबाट हवाईमार्गमार्फत वीरगन्ज जाने क्रममा पूर्वराष्ट्रपति भण्डारीलाई बाराको सिमरास्थित विमानस्थलमा एमाले नेता-कार्यकर्ताहरूले ५५ किलोको मालाले स्वागत गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad